निजी सञ्चारमाध्यममार्फत उम्मेदवारले प्रचारप्रसार गर्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू प्रचार-प्रसारमा व्यस्त छन् । राजनीतिक दल र उम्मरदरले आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्ने सन्दर्भमा निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ ।

आयोगले जारी गरेको सूचनाका आधारमा उम्मेदवारले आफ्नो घोषणापत्र र प्रतिबद्धता मतदातासम्म पुर्‍याउन सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । दल र उम्मेदवारले हरेक दिन निजी सञ्चारमाध्यममार्फत आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्न सक्नेछन् ।

- Advertisement -
Ad image

उम्मेदवारहरू अब प्रचारमा जान सक्छन् तर आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुनेभन्दा १७ दिनअघिदेखि मात्रै निर्वाचन प्रचारका लागि जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यमबाट कुनै प्रकारको सामग्री प्रकाशन, प्रसारण र घरदैलो कार्यक्रम गर्न पाउनेछन् ।

मतदान हुने दिनको ४८ घण्टाअघिदेखि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार र दलको भ्रातृ संगठनले कुनै पनि माध्यमबाट मत माग्न र प्रचारप्रसार गर्न पाइँदैन । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा व्यवस्था छ । आयोगले जारी गरेको आचारसंहिताअनुसार उम्मेदवारले हरेक दिन ७-७ इञ्च (करिब ८० सीसी) बराबरको विज्ञापन छाप्न पाउनेछन् ।

आचारसंहिताको दफा १५ मा सञ्चारमाध्यमको प्रयोगसम्बन्धी व्यवस्था राखिएको छ । यो दफामा राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचारप्रसारमा सञ्चारमाध्यमको प्रयोग गर्न सक्ने व्यवस्था राखिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्