काठमाडौँ – घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा जीत हात पारेको छ । राचीँमा आइतवार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हराएको हो ।
जीतसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी बनाएको छ । दक्षिण अफ्रीकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि श्रेयस एयरले १ सय १३ रनको शतकीय इनिङ खेले । ईशान किशनले ९३ अर्धशतकीय इनिङ खेले । सन्जु सामसनले अविजित २९ रन बनाए। दक्षिण अफ्रीकाका फोर्टून, वायन प्रनिल र कागिसो राबडाले समान १-१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्