झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन्। उनले प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नं। १ बाट मनोनयन दर्ता गराएका हुन्।

शर्मा २०७४ को निर्वाचन पनि झापा १ बाटै उठेका थिए। अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए।

- Advertisement -
Ad image

झापा १ मा यसपटक एमालेका अग्नि खरेल चुनावी मैदानमा ओर्लिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्