बागमती प्रदेशस्तरीय कराते हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता असोज १४ गते हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाएका छन् । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ । पुरुष-महिलाको एकल कातामा पनि खेल हुनेछ ।

एकदिने प्रतियोगिताका खेलहरु कोन्ज्योसाम गाउँपालिका– ५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: