काठमाडौँ – काभ्रेको पाँचखाल नगरपालिका–४ पुरानो बजारमा ग्यास लिक भई आगलागी हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको हो ।
आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया दिनुहोस्