काठमाडौं– नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारहरु टुंगोे लगाईसकेको छ । सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रले जानकारी दिएको छ । महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए तर उनले यसपटक भने आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको बताइएको छ । महराले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा चलिरहेको बेला आरजु राणा समानुपातिकमा बस्ना चाहेको बताइएको छ । प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्