काठमाडौं– अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ । उनीहरुको पूर्ण विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए
प्रतिक्रिया दिनुहोस्