काठमाडौं– नेपाल सरकारले अग्निपथ योजना अन्तर्गत भारतीय सेनामा भर्तीका लागि निर्वाचित भएर आएको सरकारले निर्णय गर्ने बताएको छ । निर्वाचनअघि यसबारे भारतसँग छलफल र वार्ता नगर्ने नीति रहेको सरकारले बताएको छ । अग्निपथ योजनाबारे नेपालले समयमा जवाफ नदिए गोर्खा सैनिकका लागि छुट्याइएको कोटा अन्य भारतीयलाई दिने भारतीय सेनाध्यक्षको भनाइ आएपछि निर्वाचित भएर आउने सरकारले निर्णय गर्ने परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताएकी हुन्। बुधबार एक कार्यक्रममा बोल्दै भारतका थलसेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले तत्काल कुनै निर्णय नगरे अग्निपथमा नेपाली भर्ना प्रक्रिया रोक्न बाध्य हुने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्