नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? अब मोबाइल दर्ता नगरे चल्दैनन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– आजदेखि नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु गरेको छ। यस्तो प्रणाली नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्न ल्याएको प्राधिकरणले जानकारी दिएको छ।
अब नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने छ अन्यथा चल्दैनन् । तर यसतो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वत चल्नेछन् । मोबाइल किन्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचना जारी गरिसकेको छ ।

मोबाइल आयातकर्ता तथा बिक्रेतालाई प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ । नेपालमा लामो समयदेखि कानुनी बाटोबाट मोबाइल आयात गर्दै आएका आयातकर्ताहरुले चोरी पैठारी तथा गैरकानुनी आयात रोक्नका लागि सरकारलाई विगत चार वर्ष देखि दबाब दिँदै आएका थिए।
यो प्रणाली लागू भएसँगै बजार ब्यवस्थित हुने तथा राज्यले चोरी पैठारी रोकिने प्राधिकरणको विश्वास रहेको छ । जसले गर्दा राजस्व भारी मात्रमा बढ्ने प्राधिकरणको भनाई छ ।
ुहामीले चोरी पैठारीबाट आउने मोबाइलहरुका कारण ठूलो बजार गुमाइरहेका थियौं। अब यो प्रणाली लागू भएपछि चोरी पैठारी शून्यमा झर्छ। आजदेखि मोबाइलको बजार ब्यवस्थित हुन्छ।ु( उनले भने।

- Advertisement -
Ad image

सरकारले ३ सय डलरभन्दा माथिको मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएपछि हाल चोरी पैठारीबाट ठूलो मात्रामा मोबाइल सेटहरु आइरहेको उनले दावी गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: