सिन्धुपाल्चोकको चिया उद्योग लिलाम गर्दै लक्ष्मी बैंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सिन्धुपाल्चोकमा रहेको चिया कम्पनी एभरेष्ट टि स्टेट प्रालि लिलामीमा राख्ने तयारी गरेको छ । कम्पनीले लक्ष्मी बैंकको ऋण भुक्तानी नभएपछि सम्पति लिलाम हुने भएको हो। बैंकले ऋण तिर्न ३५ र १५ दिने सूचना जारी गरेर समय दिँदा पनि पैसा तिर्न नआएपछि अर्को १५ दिनको समय थप गर्दै सम्पति लिलामी गर्ने जनाएको छ।

कम्पनीका सञ्चालक मोहनकुमार गिरी हुन् भने बैंकले सिन्धुपाल्चोकस्थित जग्गा लिलाम गर्ने भएको छ। यसबाहेक ऋणीले लेखिदिएको सरसामानको मौज्दातका साथै जग्गा भित्र रहेका केही गाडी, भवन र घरहरु पनि लिलाम गर्ने छ। कोभिडपछि बैंकमार्फत कम्पनीले छुट पाएको थियो। कोभिडपछि छुट सहुलियत सकियो त्यसपछि कम्पनी उठ्नै सकेन।

- Advertisement -
Ad image

कम्पनीको साँवा करिव १५ करोड रुपैयाँ छ। ब्याज जरिवानासमेत गर्दा १९ करोड हाराहारी पुगेको छ। पछिल्ला दिन कम्पनीले अगाडि बढ्ने योजना पनि ल्याउन सकेको छैन भने ब्यवसायिक उत्पादन पनि गर्न छाडेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्