आजपनि सत्ता गठबन्धनको खिचडी पाकेन, बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने

आजपनि सत्ता गठबन्धनको खिचडी पाकेन । सिट बाँडफाँड टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने गरी सकिएको हो।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

आजपनि सत्ता गठबन्धनको खिचडी पाकेन । सिट बाँडफाँड टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने गरी सकिएको हो।

बैठकमा सिट बाँडफाँटसम्बन्धी कार्यदलले अहिलेसम्म गरेका कामको ब्रिफिङ भएको जानकारी दिएको छ । कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ। अन्य ७५ सिटमा कार्यदल निर्णयविहीन बनेपछि शीर्ष नेतालाई जिम्मा दिइएको थियो।

- Advertisement -
Ad image

शीर्ष तहबाट समेत बाँकी सिटका विषयमा सहमति हुन सकेको छैन। सहमति हुन गारो रहेको श्रोतले बताउछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्