१८ यात्रु लिएर मुस्ताङ उडेको समिट एयरको विमान दुर्घटना हुनबाट बचेको छ । पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि पोकरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै पोखरा विमानस्थलमानै अवतरण गरिएको हो ।
जहाजमा इन्डिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।
नेपालमा पुराना विमानको आतंक डरलाग्दो रहेको छ । बर्षेनी दर्जनौले हवाई दुर्घटनामा ज्यान गुमाउदै आएका छन् । पुराना विमान हवाई शुरक्षामा चुनौती बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्