आफुलाई लोकप्रिय भन्ने टेलिभिजनले पत्रकारलाई दिएनन तलब, प्रेसकाउन्सिलमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ । मालिकले तलव नदिएपछि न्यायाधीशहरुलाई समेत ३(४ लाख बार्गेनिङ्ग गर्दै केही सन्चारकर्मीले गुजारा चलाउन बाध्य भएको इमेज च्यानल टेलिभिजन र बानेश्वरस्थित अर्को च्यानल (जनता टेलिभिजन) ले श्रमजीवी पत्रकारहरुलाई तलब नदिएपछि प्रेस काउन्सिलमा उजुरी परेको छ । काउन्सिलको श्रमजीवी हित तथा कानुन उपसमितिले श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक दिन आग्रह गरेको हो ।

प्राप्त उजुरीमाथि अध्ययन भइरहेको र सत्य तथ्य बुझ्न स्थलगत निरीक्षण गर्न लागिएको बताउँदै गरिएको निर्णयमा भनिएको छ,‘श्रमजीवी पत्रकारले जीवनको कुनै पर्वाह नगरी काम गरिरहेको सर्वविदितै छ । यस्तो अवस्थामा कुनै पनि सञ्चारगृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्कासन गर्ने कार्य नगर्न नगराउन सम्बद्ध सबै पक्षसँग फेरि पनि आग्रह गर्दछ ।’

- Advertisement -
Ad image

हिजो बसेको उपसमिति बैठकले ती टेलिभिजनमा कार्यरत पत्रकारलाई सेवाबाट हटाइएको लामो समयसम्म पनि पारिश्रमिक नदिइएकोप्रति काउन्सिल गम्भीर भएको दावी गरिएको छ । इमेजको टेलिभिजनतर्फ कार्यरत एक महिला पत्रकारले कैयौं महिनादेखि एक जना न्यायाधीशसङ्ग ३ लाख बार्गेनिङ्ग गरेको अडियो रेकर्ड फेला परेको छ । सोवारे समेत काउन्सिलले छानवीन गर्ने अपेक्षा राखिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्