विकासोन्मुख देशहरूमा पूर्वाधारको विकास गर्नुपर्नेमा जी-सेभेन राष्ट्रका नेताहरूको जोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । जी-सेभेन राष्ट्रका नेताहरूले चीनको ट्रिलियन डलरको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को सामना गर्न विकासोन्मुख देशहरूमा पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

यसको लागि पाँच वर्षभित्र निजी र सार्वजनिक कोषमा ६०० बिलियन डलर जुटाउने वाचा जी–सेभेनका नेताहरूले गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य जी–सेभेनका नेताहरूले आइतबार दक्षिणी जर्मनीको श्लोस एल्माउमा आयोजित वार्षिक भेलामा ुविश्वव्यापी पूर्वाधार र लगानीका लागि साझेदारीुलाई पुनः सुरु गर्ने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

“विकसित देशहरूमा प्रायः महामारी आउदा पूर्वाधार र स्रोतको अभावले झट्का महसुस गर्छन् । उनीहरूलदाई नराम्रो प्रभाव पार्छ र समस्याको समाधान हुन कठिन हुन्छ,” बाइडेनले भने । यो केवल मानवीय चिन्ता मात्र नभएर सबैका लागि आर्थिक र सुरक्षा चासो पनि रहेको उनको भनाइ छ ।

अमेरिकाले जलवायु परिवर्तनसँग जुध्नका साथै विश्वव्यापी स्वास्थ्य, लैंगिक समानता र डिजिटल पूर्वाधारमा सुधार गर्न न्यून र मध्यम आय भएका देशहरूमा परियोजनाहरू ल्याउन लागेको हो । पाँच वर्षमा अमेरिकाले अनुदान, संघीय कोष र निजी लगानीमा २०० बिलियन परिचालन गर्ने अलजजिराले जनाएको छ ।

“म स्पष्ट हुन चाहन्छु कि यो सहायता वा परोपकार होइन । यो एक लगानी हो जसले सबैका लागि प्रतिफल दिने छ,” भेलामा बाइडेनले भने, “यसले देशहरूलाई लोकतन्त्रसँग साझेदारीको ठोस फाइदाहरू हेर्न सघाउने छ ।”

यता चिनियाँ राष्ट्रपति सी जिङपिङले सन् २०१३ मा सुरु गरेको चीनको बेल्ट एन्ड रोड आर्थिक परियोजनाको दिगो विकल्प निर्माण गर्न युरोपले ३०० अर्ब युरो परिचालन गर्ने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताएकी छन् ।

भेलामा इटाली, क्यानडा र जापानका नेताहरूले पनि आफ्ना योजनाहरूको बारेमा कुरा राखेका थिए । जसमध्ये केहीले पहिले नै छुट्टै घोषणा गरिसकेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपस्थित थिएनन् । तर, ती देशहरू पनि उक्त रणनीतिमा सहभागी हुने बताइएको छ । अलजजिराबाट ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्