काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार झापामा आयोजित एक विशेष समारोहका बीच उनीहरूको विवाह सम्पन्न भएको हो ।
विराटनगर घर भएका डा. ढकाल जन्तीसहित झापा पुगेर डाँगीसँग लगनगाँठो कसेका हुन् । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले परिवारको सहमतिमा परम्परागत रितिरिवाजअनुसार विवाह गरेका हुन् ।
विवाह समारोहमा दुवै पक्षका परिवारजन, नजिकका आफन्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
पार्टी स्थापनाकालदेखि नै सँगै राजनीतिक यात्रामा रहेका डाँगी र ढकालको यो नयाँ जीवनयात्राको सुरुवातसँगै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तबाट उनीहरूलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्