प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको आज अन्तिम दिन: मोदी र मुर्मूसँग भेटवार्तादेखि महत्वपूर्ण सम्झौता आदानप्रदानसम्मको कार्यतालिका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं – भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले आज (सोमबार) भ्रमणको दोस्रो तथा अन्तिम दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा द्विपक्षीय सम्झौता आदानप्रदानमा व्यस्त रहनेछन् । आजै साँझ उनि स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

राजकीय सम्मान र श्रद्धाञ्जली
भ्रमणको मुख्य दिन आज बिहान १०:०० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा प्रधानमन्त्री शाहको राजकीय सम्मानका साथ औपचारिक स्वागत गरिनेछ। लगत्तै बिहान १०:४० बजे उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नेछन।

- Advertisement -
Ad image

मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता आदानप्रदान
बिहान ११:०० बजे हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै (वान-अन-वान) तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। सो अवसरमा दुई देशबीचको आपसी हित, व्यापार, ऊर्जा र विकास साझेदारीका विषयमा छलफल हुने जनाइएको छ।

वार्तालगत्तै दिउँसो १२:२५ बजे दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन।

राष्ट्रपति मुर्मूसँग भेट र स्वदेश फिर्ती
दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन। भारत बसाइका सम्पूर्ण औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित आज साँझ ४:५० बजे नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्