पार्टी जोगाउने र देश जोगाउनेमा फरक हुन्छ भन्दै प्रधानमन्त्री बालेनले गरे सभापति लामिछानेसँगको मतभेदको संकेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद र शक्तिको टकराव सतहमा आएको छ। रास्वपाका सभापति रवि लामिछानेले सरकारको उक्त निर्णयमाथि सार्वजनिक रूपमा प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत त्यसको कडा जवाफ फर्काएका छन्।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आईजीपी हटाउने सरकारको आकस्मिक निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने र पार्टीले यसमा स्पष्टीकरण सोध्न सक्ने बताएका थिए। रास्वपाका अन्य शीर्ष नेताहरूले पनि सरकारले यति ठुलो निर्णय गर्दा पार्टीसँग कुनै सल्लाह र समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।

- Advertisement -
Ad image

सभापति र पार्टीका नेताहरूबाटै सरकारको कामकारबाहीमाथि प्रश्न उठेपछि प्रधानमन्त्री शाहले बिहीबार साँझ फेसबुकमा एक सन्देश लेख्दै ‘देश जोगाउने र पार्टी जोगाउने कुरामा फरक हुने’ टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको यो टिप्पणीलाई राजनीति वृत्तमा सिधै सभापति लामिछानेतर्फ लक्षित र उनीसँग सत्ता सञ्चालनको विषयलाई लिएर ‘लडाइँ’ वा वैचारिक द्वन्द्व चलिरहेको बलियो संकेतका रूपमा हेरिएको छ।

हुन त सभापति लामिछानेले सरकार र पार्टीबिच बाहिर चर्चा भए जस्तो कुनै ठुलो खटपट नरहेको दाबी त गरेका छन्, तर आईजीपी हटाउने जस्तो महत्त्वपूर्ण कदममा सरकारको बचाउ नगर्नु र प्रधानमन्त्रीले पनि ‘पार्टी स्वार्थ’ भन्दा ‘देशको हित’ मा आफू केन्द्रित रहेको जवाफ फर्काउनुले दुई शीर्ष नेताहरूबिच शक्ति सन्तुलन मिलाउन सकस भइरहेको स्पष्ट पार्छ।

विपक्षी दलहरूले भने सत्ताधारी दलभित्रको यही बढ्दो दूरी र आन्तरिक मतभेदलाई लिएर सरकारको कार्यशैलीमाथि थप प्रश्न उठाउन थालेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्