जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको थियो।

- Advertisement -
Ad image

पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए भने विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाएका थिए।

त्यस्तै जनकपुरका बलर मोईन अलीले ३, कप्तान हरमित सिंह र सैफ हसनले २-२ तथा ललित राजबंशी र जिम्मी निशामले एक एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। जनकपुरका लागि तृतराज दासले सर्बाधिक ६१ रन बनाएका थिए भने अभिषेक तिवारीले अविजित २४ रन बनाएका थिए भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाएका थिए। त्यसैगरी, पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए भने मोहमद सैफुद्दीन र मेहदी हसनले एक एक विकेट लिएका थिए।

यो जनकपुरको तेस्रो खेलमा दोस्रो जित हो भने पोखराले जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्