त्रिवि मैदानमा रनको वर्षा: ५ ओभरमा विराटनगरको १०५ रन, सुदूरपश्चिमलाई १०६ रनको विशाल लक्ष्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षा र विवादका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामु १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ५ ओभरमा मात्र २ विकेट गुमाउँदै १०५ रनको विष्फोटक योगफल तयार पार्यो।

- Advertisement -
Ad image

विराटनगरका लागि शेहान जयसूर्याले मात्र ११ बलमा ५ छक्का र २ चौकाको मद्दतले अविजित ३९ रनको आक्रामक इनिङ्स खेले। त्यस्तै आन्द्रे रसेलले १० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै विस्फोटक २९ रन जोडे भने लोकेश बमले पनि १० बलमा ३ छक्कासहित २५ रनको योगदान दिए।

सुदूरपश्चिमका बलरहरू विराटनगरका ब्याटरसामु निकै महँगो साबित भए। अविनाश बोहराले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए पनि थरिन्दु रथानायकेले १ ओभरमा ३१ रन र हेमन्त धामीले १ ओभरमा २५ रन खर्चिन पुगे।

सुरुमा ५ ओभरको खेलप्रति असहमति जनाउँदै सुदूरपश्चिमका खेलाडीहरू मैदान बाहिरिए पनि अन्ततः सहमति जुटेर खेल अघि बढेको हो। अहिले सुदूरपश्चिम रोयल्स १०६ रनको कठिन लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङको तयारीमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्