चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको दोहोरो प्रभाव: काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात, मौसम विभागद्वारा सतर्कताको अपिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा पूर्ण रूपमा बादल लाग्नेछ।

मौसम विभागले जारी गरेको विशेष बुलेटिन अनुसार चक्रवात र पश्चिमी वायुको संयुक्त असरका कारण कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।

- Advertisement -
Ad image

मौसम विभागले चक्रवातको प्रभाव अझै केही समय कायम रहने भएकाले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातबाट हुन सक्ने जोखिम र चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूमा आधिकारिक अपिल गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्