मन्त्री चौधरीसँग युएनडीपीका प्रतिनिधिको भेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन्।

भेटमा उनीहरूबीच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

- Advertisement -
Ad image

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब) सहयोग गर्ने निर्णय गरेको छ।

सो अवसरमा आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न तथा नेपालको प्याभिलियन व्यवस्थापनमा सहयोगबारे छलफल भएको छ।

भेटमा कोप–३१ को तयारी तथा कोषबाट उपलब्ध हुने भनिएको रकम प्राप्त गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक पहलका बारेमा छलफल भएको मन्त्री चाैधरीको सचिवालयले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्