ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा चौथो पटक निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडाैं – ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा देशको राष्ट्रपतिमा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको दोस्रो चरणको (रन-अफ) चुनावमा लुलाले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति ज्यार बोल्सोनारोका छोरा, ४५ वर्षीय सिनेटर फ्लेभियो बोल्सोनारोलाई पराजित गरेका छन्।

दोस्रो चरणको यो चुनावलाई ब्राजिलको आधुनिक इतिहासकै सबैभन्दा कडा राजनीतिक भिडन्तका रूपमा हेरिएको थियो।

- Advertisement -
Ad image

पहिलो चरणको मतदानमा फ्लेभियो बोल्सोनारोले अग्रता लिएका भए पनि अन्तिम चरणको मतपरिणाममा ८० वर्षीय लुलाले उत्कृष्ट पुनरागमन गर्दै ऐतिहासिक जित दर्ता गर्न सफल भएका छन्। चुनावको आधिकारिक नतिजा घोषणा भएसँगै लुलाका समर्थकहरूले देशका विभिन्न शहरहरूमा भव्य उत्सव मनाउन थालेका छन्।

ट्रेड युनियन नेताका रूपमा राजनीतिक यात्रा सुरु गरेका लुलाले यो जितसँगै ब्राजिलको राजनीतिमा आफ्नो ऐतिहासिक प्रभाव पुनः पुष्टि गरेका छन्।

पूर्वराष्ट्रपति ज्यार बोल्सोनारोका छोरा फ्लेभियो बोल्सोनारोले दक्षिणपन्थी मतदाताहरूलाई गोलबद्ध गर्दै, कर कटौती र संगठित अपराध नियन्त्रण जस्ता मुद्दा उठाएर लुलालाई कडा चुनौती दिएका थिए। यद्यपि, ब्राजिलका बहुसंख्यक मतदाताले सामाजिक सुरक्षा, लोकतन्त्रको रक्षा र वातावरण संरक्षणका एजेन्डासहित मैदानमा उत्रिनुभएका लुलालाई नै पुनः नेतृत्व सुम्पेका छन्।

यस ऐतिहासिक जितपछि प्रतिक्रिया दिँदै राष्ट्रपति लुलाले देशको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने, सामाजिक कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने र अमेजन जंगल लगायतका वातावरण संरक्षणका प्रतिबद्धताहरूलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्