आज मिति वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । इस्वी सन् २०२६ अक्टोबर १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्षको औंशी तिथि । बिहान ६ बजेर १ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम बेलुकी ५ बजेर ३८ मिनेटमा अस्ताउनेछ । अहिले बिहान ८ बजेर ५५ मिनेटदेखि १० बजेर २२ मिनेटसम्म राहुकाल रहने हुनाले उक्त समयमा कुनैपनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आजको दिन उत्साहवर्धक रहला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जानेछ । खर्च केही बढेपनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता र प्रेमभाव वृद्धि हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– मन लगाएर प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । कीर्तिमानी काम गर्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो लिँदा झमेला आइपर्न सक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इष्र्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । प्रतिकुलताका बाबजुद यात्रागत कार्य सार्थक रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । अनुकूलता वृद्धि हुने र रोकिएको काममा सफलता मिल्ने देखिन्छ । विशेष योजनामा मित्रजनको सहयोग प्राप्त होला । आयआर्जनका स्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीमा पनि राम्रै फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– शुभदायी दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् सुखद समाचारले उल्लास बढाउला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह-सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुने देखिन्छ । व्यवसायमा लाग्नेहरूलाई लाभको बेला छ । लगानी वा खर्च भने केही बढ्न सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । साझेदारीको काममा आंशिक सफलता मिल्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने देखिन्छ । प्रतिकुलताका बाबजुद सामथ्र्य कमी नहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । अरूका काममा ज्यादा समय बित्ने देखिन्छ । महत्वपूर्ण काम अधुरो रहनाले मन खिन्न रहन सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउला, खानपानमा विशेष सजगता अपनाउनुहोला । अनावश्यक भ्रमणबाट जोगिनु हितकर होला । गीतसंगीत र खेलकुदका क्रियाकलापमा आकर्षण रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । भौतिक साधन जुट्नुका साथै आयआर्जनको स्रोत वृद्धि होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लगाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगता अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुपर्नेछ । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । साझेदारीमा जोखिम बढेपनि शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ । विगतका समस्या बल्झिन सक्नेतर्फ सचेत रहनुहोला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– रोकिएका काम बन्नाले उत्साह जागृत हुने दिन छ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । साथीभाइको विशेष सहयोग प्राप्त हुने देखिन्छ । रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ । प्रेमभावका साथै दामपत्यसुख बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्