विश्वकप लिग–२ का लागि ओमान प्रस्थान गर्न लागेको नेपाली क्रिकेट टोलीको भव्य बिदाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको महत्वपूर्ण एकदिवसीय शृङ्खला खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज एक विशेष कार्यक्रमका बिच बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँमा आयोजना गरेको बिदाइ समारोहमा क्यानका पदाधिकारीहरूले खेलाडी तथा प्रशिक्षकहरूलाई जितको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउन र अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ। क्यानले यसअघि नै कप्तान सन्दीप लामिछानेको नेतृत्वमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। बिदाइ समारोहमा क्यान नेतृत्वले नेपाली खेलाडीहरू पछिल्लो समय उच्च लयमा रहेकाले ओमानमा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्‍यो।

- Advertisement -
Ad image

अक्टोबर ९ देखि सुरु हुने यस त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली ओमान र बलियो प्रतिद्वन्द्वी क्यानडाको सामना गर्नेछ। खेल तालिकाअनुसार नेपालले अक्टोबर ११ र १७ मा क्यानडासँग तथा अक्टोबर १३ र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। हाल लिग-२ को अङ्क तालिकामा नेपाल ३२ खेलमा २४ अङ्कका साथ सातौँ स्थानमा संघर्ष गरिरहेकाले यस सिरिजलाई निकै चासोका साथ हेरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्