वर्षाले श्रीलंकासँगको खेल रद्द हुँदा नेपाली क्रिकेट टोली क्वार्टरफाइनलबाटै आउट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको छ ।

लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका वरीयतामा नेपालभन्दा माथि रहेका कारण सेमिफाइनलमा पुगेको छ । अब श्रीलंकाले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -
Ad image

यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्