काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले भर्खरैको बाढीपहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको भन्दै यो सङ्कट स्थानीय कारणले नभई विश्वव्यापी जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले विपद्पछिको चुनौतीपूर्ण अवस्था पार पाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरे।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायु सङ्कटका विषयमा कसैलाई दोषारोपण गर्ने वा यसलाई भूराजनीतिक स्वार्थको मुद्दा बनाउने नेपालको कुनै चाहना नरहेको स्पष्ट पारे।
उनले हिमाल र पर्यावरणको दिगो संरक्षणका लागि विश्व समुदायलाई एकजुट भएर सहकार्य गर्न आग्रह गरे।
यसैबीच, प्रधानमन्त्री शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई-तिहाइ बहुमत हासिल गरेको उक्त निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व र नयाँ दिशा तय गरेको सन्देश उनले विश्व मञ्चमा राखे।


प्रतिक्रिया दिनुहोस्