पृथ्वी राजमार्गको कृष्णभीरमा फेरि पहिरो: ठूला ढुङ्गा खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो ।

वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो । आज बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सन्चालन गर्ने भनिए पनि पहिरो खसेपछि गाडी चलेका छैनन् ।

- Advertisement -
Ad image

पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको धादिङ प्रहरीले जनाएको छ । गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो ।

पहिरोकै कारण कान्ति लोकपथ पनि पूर्ण रुपमा अबरुद्ध हुँदा काठमाडौं–हेटौंडा आउ–जाउ बन्द भएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका खण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्