संसद्मा क्यान्टिन महँगो भएपछि रास्वपाकै सांसदले भने-‘भोकभोकै बस्नुपर्ने अवस्था आयो’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – संसद् भवनभित्रको क्यान्टिनको महँगीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधि सभा बैठकमै गुनासो गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा क्यान्टिनमा खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा महँगो रहेको बताएका हुुन् ।

- Advertisement -
Ad image

‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन,’ सांसद भण्डारीले भने, ‘खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ। भोकभोकै बस्नुपर्ने वा महँगो मूल्य तिर्नुपर्ने दुवै विकल्प पीडादायी छन्, यसतर्फ संसद् सचिवालयको ध्यान जानु जरुरी छ।’

उनले सांसदको तलबले घरभाडा तिर्ने कि बसभाडा तिर्ने हुने गरेको बताए । उनले बाहिर खाजा खान जान नपाइएको भन्दै हिजो भोकै बस्नुपरेको सुनाए । ‘क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी छ । नत्र सचेतकज्यूले कतिखेर कहाँ हो भनि हाल्नुहुन्छ । बाहिर जाउँ पनि भएन, भोकभोकै बस्नुपर्ने अवस्था आयो हिजो,” उनले भने ।

उनले क्यान्टिनमा लामखुट्टे धेरै रहेकाे पनि बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्