कांग्रेस १५ औं महाधिवेशन: देशैभर एकसाथ पालिका अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय सांगठनिक संरचना निर्माणका लागि आज देशैभरका पालिकामा एकैसाथ अधिवेशन सुरु भएको छ। गत असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो।

केही छिटपुट स्थान र बाढीपहिरो प्रभावित रसुवाबाहेक देशभरका वडाहरूमा नेतृत्व चयन भइसकेपछि आज पालिका अधिवेशन सुरु भएको हो। परिमार्जित विधानअनुसार आजको अधिवेशनबाट सभापति, दुई उपसभापति, एक सचिव र एक सहसचिवसहित पाँच मुख्य पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछन् भने कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन्। साथै, कार्यसमितिलाई समावेशी बनाउन विभिन्न तहमा सदस्यहरू मनोनयन गर्ने व्यवस्था छ।

- Advertisement -
Ad image

क्रियाशील सदस्यतामा अपनाइएको लचकताले कार्यकर्तामा उत्साह थपेको छ भने आज चयन हुने नेतृत्वले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि आधार तयार गर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्