अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको ३ दिने भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् ।

दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर र भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए ।

- Advertisement -
Ad image

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा आर्थिक सहकार्य अघि बढाउने विषयमा उच्चस्तरीय द्विपक्षीय, आर्थिक तथा नीतिगत छलफल गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्