हर्षोल्लासका साथ ११ औं संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली इतिहासकै युगान्तकारी उपलब्धि मानिएको जननिर्वाचित संविधानसभाबाट ‘नेपालको संविधान’ जारी भएको ११ वर्ष पूरा भएको छ। यसै ऐतिहासिक दिनको स्मरणमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाइँदैछ। वि.सं. २०७२ साल असोज ३ गते जारी भएको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्वरूप दिएको स्मरणमा हरेक वर्ष यो दिवसलाई राष्ट्रिय गौरवका रूपमा मनाउने गरिन्छ।

आजको विशेष दिनमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा राज्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा मुख्य राष्ट्रिय समारोह आयोजना गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायको मार्चपास र विभिन्न जातजातिको संस्कृति झल्कने आकर्षक झाँकीले सैनिक मञ्चलाई उत्सवमय बनाएको छ। काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहर, व्यापारिक केन्द्र र सरकारी कार्यालयहरूलाई राष्ट्रिय झण्डा तथा बत्तीले सजाइएको छ।

- Advertisement -
Ad image

सरकारको अपिलअनुसार असोज २ गतेदेखि नै विदेशस्थित नेपाली दूतावास, नियोगहरू र सर्वसाधारणले आ–आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दिपावली गर्ने क्रम जारी छ। काठमाडौँ बाहिर सातै प्रदेशका राजधानी र स्थानीय तहहरूमा पनि प्रभातफेरी, सरसफाइ, खेलकुद प्रतियोगिता तथा विचार गोष्ठीहरू आयोजना भइरहेका छन्। संविधान कार्यान्वयनको ११ वर्ष पुग्दै गर्दा राजनीतिक वृत्त र नागरिक समाजमा यसका सबल पक्षको स्वागत र केही प्रावधानहरूको संशोधनको आवश्यकतामाथि नयाँ बहस पनि सुरु भएको छ। ऐतिहासिक राष्ट्रिय उत्सवको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्