काठमाडौं – राष्ट्रिय एकता दल महिला विभागको आयोजनामा काठमाडौंमा “हिन्दू नारी र तीजको महत्व” विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम महिला विभागकी प्रभारी एवं पाथीभरा माताको रूपमा परिचित पुस्ता देवी तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सन्त मेघानन्द गिरी जी महाराजको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा दलका अध्यक्ष विनय यादवले नेपाली समाजमा सनातन संस्कृति, हिन्दू नारीहरूको योगदान र मौलिक पर्व तीजको सामाजिक एवं धार्मिक महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा अन्य अतिथिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। केन्द्रीय नेताहरू तोयानाथ दाहाल, राकेश यादव तथा विश्लेषक एवं वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेल लगायतका वक्ताहरूले आफ्ना विचार व्यक्त गर्दै तीज पर्वले समाजमा आपसी भाइचारा, एकता र महिला सशक्तीकरणमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा महिला विभागका प्रतिनिधि, धार्मिक व्यक्तित्व तथा विभिन्न तहका नेता र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।





प्रतिक्रिया दिनुहोस्