काठमाडौं – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा आज बिहान नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्।
नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा यूएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो। यूएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो।
यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ।
यूएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो।


प्रतिक्रिया दिनुहोस्