६ प्रदेशमा भारी वर्षाको चेतावनी: पहाडी भेगमा पहिरो र नदीहरूमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मनसुनी वायुको सक्रिय प्रभावका कारण आज देशभर साधारणतया बदली रही ६ वटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले मुलुकभर मौसमी प्रणाली शक्तिशाली बनेको हो।

महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र, तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको ।

- Advertisement -
Ad image

लगातारको वर्षाका कारण ग्रामीण तथा मुख्य सडकहरू अवरुद्ध हुन सक्ने, पहाडी क्षेत्रमा भू-क्षय र पहिरो जाने तथा नदी एवं खहरे खोलाहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउने उच्च जोखिम रहेको छ। मौसम विभागले यातायात, कृषि, दैनिक जनजीवन र स्वास्थ्य क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आम नागरिक तथा सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन विशेष अनुरोध गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्