भोटेकोशीको महाविपत्ति: आठ जिल्लामा १३ सय ३१ शव फेला, १३ हजार बढीको जीवितै उद्धार, ५ हजार अझै बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०८३, आईतवार
2 Min Read
Aa
Screenshot

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म आठवटा जिल्लाबाट १ हजार ३ सय ३१ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायको पछिल्लो प्रतिवेदन अनुसार, बाढीको तीव्र बहाबले बगाएर ल्याएका शवहरू रसुवादेखि तल्लो तटीय क्षेत्र र भारतीय सिमाना आसपाससम्म फेला परेका हुन्।

विपद्मा परेका १३ हजार १ सय १ जना नागरिकलाई सुरक्षा निकायले जीवितै उद्धार गर्न सफल भए पनि अझै करिब ५ हजार जना बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

- Advertisement -
Ad image

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३६० जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये अधिकांशको अवस्था क्षतविक्षत रहेकाले पहिचान गर्न कठिन भएको छ। हालसम्म ९८ जनाको मात्र सनाखत हुन सकेको र बाँकीको पहिचानका लागि डीएनए (DNA) परीक्षणको प्रक्रिया अघि बढाइएको छ।

बाढीका कारण घाइते तथा प्रभावित भएका ५ हजार ९ सय २९ जनाको विभिन्न अस्पताल तथा अस्थायी मेडिकल क्याम्पहरूमा उपचार भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर र बोटहरूको प्रयोग गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। सरकारले विस्थापितहरूका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर र अस्थायी आश्रयस्थलको व्यवस्था गरी राहत वितरण कार्य चुस्त बनाउने प्रयास गरिरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्