नेप्सेमा सामान्य सुधार, एकैदिन ३ अर्ब ४६ करोड माथिको सेयर कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। साताको कारोबार दिन नेप्से सूचक ४.६६ अङ्कले बढेर २५४२.७७ विन्दुमा पुगेर बन्द भएको हो। बजारमा उतारचढावका बीच परिसूचक सकारात्मक दिशामा अघि बढेसँगै कारोबार रकममा पनि केही उत्साह थपिएको छ।

आज बजारमा कुल ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको मूल्य घटेको छ र बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ। कुल १३ उपसमूहमध्ये फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहबाहेक बाँकी ९ वटा उपसमूहको सूचक सकारात्मक रहेका छन्।

- Advertisement -
Ad image

आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.७६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावरको मूल्य ८.५६ प्रतिशत र आशा लघुवित्तको मूल्य ८.२९ प्रतिशतले बढेको छ। गिरावटतर्फ भने पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक १३.३३ प्रतिशत गुमाएका छन्। रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै अर्थात् ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्