काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको सुधार देखिएको छ। लगातार ६ कारोबार दिनसम्म घटेको बजारमा मंगलबारदेखि सुरु भएको सुधारको यात्रा बुधबार पनि कायम रह्यो। यस दिन नेप्से परिसूचक १५.४४ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २,५३८.११ विन्दुमा पुगेर बन्द भएको छ।
बजार परिसूचकसँगै यस दिन कारोबार रकममा पनि राम्रो उत्साह देखिएको छ। बुधबार दिनभर कुल ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर ३९ हजार ६७३ पटक किनबेच हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ, साथै ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा बुधबार सामूहिक लगानी कोष र निर्जीवन बिमा उपसमूहबाहेक बाँकी ११ वटा उपसमूहको सूचकमा हरियाली छाएको छ। आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेको छ। यसैगरी, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी १४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्