काठमाडौँ – तिब्बत क्षेत्रमा भएको हिमनदी पहिरो वा हिमताल विष्फोट (Glacial Collapse) का कारण बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ३८९ पुगेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार बिहीबार राति ९ बजेसम्म देशका विभिन्न ८ जिल्लाका नदी किनार र तटीय क्षेत्रहरूबाट ३८९ जनाको शव फेला पारिएको हो।
बाढी र पहिरोको चपेटामा परेका ४६६ जना घाइतेहरूलाई भने सुरक्षाकर्मीले सफलतापूर्वक उद्धार गर्न सफल भएका छन्।
चितवनमा सबैभन्दा बढी शव फेला
भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बाढीले बगाएर ल्याएका शवहरू भेटिने क्रम जारी छ। प्रहरीका अनुसार सबैभन्दा बढी चितवन जिल्लामा १३७ वटा शव फेला परेका छन्। यस्तै, पूर्वी नवलपरासीमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, पश्चिम नवलपरासीमा २७ र बाढीको उद्गम स्थल नजिक रहेको रसुवामा १७ जनाको शव भेटिएको छ।

२८ प्रहरीसहित सयौँ बेपत्ता, उद्धारमा ८ हजार बढी प्रहरी
आपत्कालीन खोजी तथा उद्धारका लागि प्रभावित क्षेत्रहरूमा ८ हजार ३४८ भन्दा बढी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली चौबीसै घण्टा परिचालन गरिएको छ। बाढीका कारण सीमा सुरक्षा र सुरुवाती उद्धारमा खटिएका २८ जना प्रहरी कर्मचारीहरू अझै पनि सम्पर्कविहीन छन्। यस्तै, रसुवा क्षेत्रमा रहेका सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरू पनि हराइरहेकाले बेपत्ताको संख्या अझै ठुलो हुन सक्ने अनुमान गरिएको छ।

घाइतेहरूको काठमाडौँमा उपचार
बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएका गम्भीर घाइतेहरूलाई काठमाडौँ ल्याइएको छ। उनीहरूको त्रिवि शिक्षण अस्पताल (टिचिङ), राष्ट्रिय ट्रमा सेन्टर, र वीर अस्पताल लगायतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। नदी तटीय क्षेत्रका नागरिकहरूलाई अझै पनि सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्