काठमाडौँमा छोराको मृत्युको खबर सुन्नासाथ दाङमा आमाको पनि निधन, परिवार शोकमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँमा छोराको आकस्मिक मृत्यु भएको खबर सुन्नासाथ दाङमा रहेकी आमाको पनि हृदयघातका कारण निधन भएको छ। एउटै परिवारका दुई सदस्यको केही घण्टाको अन्तरालमा ज्यान गएपछि यतिबेला दाङको तुलसीपुर शोकमा डुबेको छ।

तुलसीपुर उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँमा बस्दै आएका २८ वर्षीय आशिष थापाको अचानक बेहोस भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। काठमाडौँबाट परिवारका सदस्यले फोनमार्फत छोराको मृत्युको खबर सुनाउनासाथ दाङमा रहेकी ५२ वर्षीया आमा राधा थापा अकस्मात बेहोस भएकी थिइन्।

- Advertisement -
Ad image

बेहोस भएकी राधालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। अस्पतालका अनुसार छोराको वियोगको धक्का सहन नसक्दा उनलाई तीव्र हृदयघात (हार्ट अट्याक) भएको हो।

आशिष अध्ययन र रोजगारीको सिलसिलामा काठमाडौँमा रहँदै आएका थिए। आमा-छोराकै एकाएक निधन भएपछि तुलसीपुर–५ स्थित थापा परिवार र सम्पूर्ण टोलबासी स्तब्ध बनेका छन्। मृतक दुवै जनाको दाहसंस्कारका लागि काठमाडौँबाट शव दाङ ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्