आजको मौसम: गण्डकी, बागमती र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अलर्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – मनसुनी वायुको सक्रियताका कारण देशका तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ।

देशभर आंशिकदेखि साधारणतया बदली रहने आजको मौसममा अन्य प्रदेशका पनि धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। लगातारको झरी र केही ठाउँमा हुने भारी वर्षाका कारण पहाडी भू-भागमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढेको मौसमविद्हरूले बताएका छन्।

- Advertisement -
Ad image

महाशाखाले नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने र यातायात सेवा समेत अवरुद्ध हुन सक्ने भन्दै ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यक पूर्वतयारीमा रहन आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्