म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलको विजय सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं – म्यानचेस्टर सिटीलाई हराउँदै कम्युनिटी शिल्डको उपाधि उचालेसँगै आर्सनलले सन् २०२६/२७ सिजनको सानदार सुरुवात गरेको छ।

आइतबार राति कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा भएको फाइनलमा म्यानचेस्टर सिटीलाई ३–० को गोल अन्तरले हराउँदै आर्सनलले नयाँ सिजनको सानदार सुरुवात गरेको हो।

- Advertisement -
Ad image

एफए कप विजेतामाथि सानदार जित निकालेपछि आर्सनलले चार महिनाभित्र दोस्रो उपाधि जितेको हो।

यसअघि आर्सनलले खेल सुरु भएको २३ सेकेण्डमा नै रिकार्डो कालाफियोरीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

उनले जियानलुइजी डोन्नारुम्मालाई छक्याउँदैै बललाई जाली चुमाएका थिए।

खेलको केही सेकेण्डमा नै गोल भएपछि आर्सनलको प्रभावशाली प्रर्दशनको कारण खेलमा कुनै खतराको महसुस गरेन।

यही सिजन टोलीमा अनुबन्ध भएका क्रिस्टोस जोलिसले दुई असिस्ट गर्दै आफ्नो प्रभाव देखाउन सफल भए।

सुरुवाती गोल गरेका रिकार्डोले आफ्नो गोल र टोलीको उत्कृष्ट प्रर्दशन सन् २०२६÷२७ को सिजन सुरुवात गर्ने आदर्श तरिका भएको बताएका छन्।

खेलको २८ औँ मिनेटमा काई हाभर्ट्जले आर्सनलको अग्रता दोब्बर पारे। ४७ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट फिनिसिङमा आर्सनलले कम्युनिटि शिल्डको उपाधि सुनिश्चित गर्‍यो।

आर्सनलले १८ औँ पटक कम्युनिटी शिल्डको उपाधिमा आफ्नो नाम लेखाएको छ। आर्सनलले उपाधि जितेको खेलमा मिकेल आर्टेटाले कीर्तिमान कायम गरे।

उनले खेलाडी र प्रशिक्षकका रुपमा गरेर तेस्रो पटक कम्युनिटी शिल्डको उपाधि उचाले। खेलाडीका रुपमा उनले सन् २०१४÷१५ जितेका थिए। प्रशिक्षकका रुपमा सन् २०२०, २०२३ र २०२६ मा जित हात पार्दै कीर्तिमान कायम गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्