मधेशको घटना ट्रेलर हो, फिल्म सुटिङ हुन बाँकी छ: पूर्ण बहादुर खड्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्काले मधेशमा भएको पछिल्लो घटना ट्रेलर मात्रै भएको टिप्पणी गरेका छन्।

संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले मधेशमा हालै भएको घटना ट्रेलर भएको र फिल्म सुटिङ हुनै बाँकी रहेको बताएका हुन्।

- Advertisement -
Ad image

उनले भने, ‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी नराखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ। चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस्। त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातिय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ। मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो। फिल्म सुटिङ हुनै बाँकी छ।’

खड्काले कांग्रेस एक नभए देश आज संकटमा जाने बताउदै शेर बहादुर देउवाको नेतृत्वमा नै कांग्रेसको एकता हुनुपर्ने बताए।

उनले अहिले कांग्रेसको विवाद भनेको अवैधानिक विशेष महाधिवेशन भएको बताए। १४औं महाधिवेशनको केन्द्रीय समितिलाई मान्यता नदिए कांग्रेस विभाजन हुने बताउदै देश पनि संकटमा पर्ने बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्