जाजरकोटमा मध्यरातिको त्रासदी: ताक्सुगाड खोलाको बाढीले ४ घर र झोलुङ्गे पुल बगायो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – अविरल वर्षासँगै जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा रहेको ताक्सुगाड खोलामा आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। खोलाको सतह बढेर बस्तीमा पसेपछि स्थानीयबासी रातभर सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीले चौखा क्षेत्रका ४ वटा स्थानीयका घर पूर्ण रूपमा बगाएको छ भने एउटा रणनीतिक झोलुङ्गे पुल समेत बगाएको छ। समयमै स्थानीयले भागदौड गरेर ज्यान जोगाउन सफल भएकाले मानवीय क्षति भने हुन नपाएको प्रारम्भिक विवरण छ।

खोलाको तीव्र बहावले पुल बगाएपछि नलगाड नगरपालिकाका दुईवटा महत्वपूर्ण वडाबीचको स्थलगत सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। पुल नहुँदा स्थानीयलाई खाद्यान्न ढुवानी र स्वास्थ्य उपचारका लागि अन्यत्र जान निकै कठिनाइ भएको छ।

- Advertisement -
Ad image

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जाजरकोटसहित आसपासका जिल्लाका साना नदी तथा खोलाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिएको थियो। स्थानीय प्रहरी र नलगाड नगरपालिकाको टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिको थप लगत संकलन गरिरहेको छ। साथै, नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्