काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र पार्टीको भावी कार्यदिशा तय गर्न संस्थापन इतर समूहले आजदेखि काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। पार्टीभित्र पछिल्लो समय विकसित समीकरण र आन्तरिक बहसका बीच हुन लागेको यो भेलालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
भेलाको मुख्य आकर्षण पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहने भएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा सभापति देउवा आफैँ प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यतालिका तय हुनुलाई कांग्रेसभित्र निकै अर्थपूर्ण र संयोजनकारी कदमका रूपमा व्याख्या गर्न थालिएको छ।
स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए। उनलाई कांग्रेस नेता–कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए। कांग्रेस इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ । बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरुले बताएका छन्। भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ।


प्रतिक्रिया दिनुहोस्