संसद्‌मा प्रचण्डको गुनासो: पुराना साथी कोही छैनन्, नयाँमा पोलिटिकल कल्चर नै छैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा पुराना परिपक्क राजनीतिक साथीहरू नहुँदा र नयाँ शक्तिहरूमा राजनीतिक संस्कारको अभाव देखिँदा संसद्को गरिमा कमजोर बन्दै गएको अनुभव सुनाएका छन्। सोमबार सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको भेटमा पुराना नेताहरूको अनुपस्थिति र नयाँ पुस्तामा दलीय अनुशासन तथा राजनीतिक संस्कृतिको कमीले संसदीय अभ्यास सोचे जस्तो हुन नसकेको उनको बुझाइ छ।

विगतका अनुभवी नेताहरूसँग महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहजै सहमति र समझदारी बन्ने गरेको स्मरण गर्दै उनले अहिलेको संसद्‌मा त्यस्तो वातावरण पाउन कठिन भएको उल्लेख गरे। नयाँ जनप्रतिनिधिहरूमा संसदीय मर्यादा र मूल्य मान्यता बुझ्ने भन्दा पनि चर्चा र लोकप्रियताको पछि लाग्ने प्रवृत्ति बढेको प्रति उनको चिन्ता छ।

- Advertisement -
Ad image

राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यका लागि वैचारिक परिपक्वता आवश्यक पर्ने भए पनि वर्तमान संसद्‌मा त्यो संस्कार (पोलिटिकल कल्चर) हराउँदै गएको तथा संसद्लाई देश र जनताको हितमा बलियो बनाउन सबै दलहरूमा राजनीतिक अनुशासन र उच्च लोकतान्त्रिक संस्कार हुनुपर्नेमा उनको जोड छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्