संसद्‌मा आफ्नै सांसदहरूको निशानामा परेपछि मध्यरातमा प्रधानमन्त्री बालेन शाहको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र आफ्नै दल सम्बद्ध सांसदहरूबाट सरकारको कार्यशैलीलाई लिएर चर्को आलोचना भएपछि प्रधानमन्त्री बालेन शाहले शुक्रबार अबेर राति सामाजिक सञ्जाल फेसबुकमा एक भावुक तथा रहस्यमय स्टाटस पोस्ट गरेका छन्। उनले काममा केही ढिलाइ भए पनि गलत नहुने स्पष्ट पार्दै वास्तविकता र बाहिर देखिएको हल्ला फरक हुन सक्ने बताएका छन्।

सदनमा आफ्नै दलका नेताहरूबाट घेराबन्दीमा परेपछि प्रधानमन्त्री शाहले राति ११:०६ बजे सामाजिक सञ्जालमा लेखेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

- Advertisement -
Ad image

शुक्रबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्रीको कार्यशैलीको कडा आलोचना गर्दै ‘काम गर्ने ढंग नपुगेको’ र ‘कालो चस्मा हटाउन’ सुझाव दिएका थिए। त्यसैगरी रास्वपाकै अन्य सांसदहरू रमेश प्रसाई, ज्वाला सङ्ग्रौला, र कमल सुवेदी लगायतले पनि सरकारको कामकारबाही सुस्त भएको भन्दै प्रश्न उठाएका थिए।

सदनमा आलोचना खेपेको केही घण्टामै दुई तिहाइ नजिकको समर्थन पाएका प्रधानमन्त्रीले एकाएक आफू ‘एक्लो’ महसुस गरेको र ‘एक्लै लड्नुपर्ने’ स्टाटस लेखेपछि राजनीतिक वृत्तमा यसको अर्थबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्