लाइभस्ट्रिमकै क्रममा टिकटक स्टारको गोली हानी हत्या !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – मेक्सिकोको सिनालोआ राज्यमा एक चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरको लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या भएको छ ।

टिकटकमा करिब ६ लाख फलोअर्स रहेका २५ वर्षीय सेसर गास्टेलम साथीहरूसँग भिडियो बनाइरहेका बेला मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली प्रहार गरेका हुन् ।

- Advertisement -
Ad image

सेसर गास्टेलम एक फास्टफुड रेस्टुरेन्टबाहिर आफ्ना दुई साथीसँग लाइभस्ट्रिम गरिरहेका थिए । सामाजिक सञ्जालको एक च्यालेन्जअन्तर्गत उनीहरू तीनैजना डेलिभरी ड्राइभरको पोसाकमा देखिएका थिए ।

त्यसै क्रममा मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीमध्ये पछाडि बसेका व्यक्तिले गास्टेलमको टाउकोमा गोली प्रहार गरेका थिए ।

घटनालगत्तै लाइभस्ट्रिम बन्द भएको थियो । यद्यपि, घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सिनालोआ राज्यका सुरक्षा अधिकारीहरूले गास्टेलमको मृत्युको पुष्टि गरेका छन् । यो घटना टिकटक लाइभकै क्रममा भएको दोस्रो चर्चित हत्या हो । यसअघि मे २०२५ मा जलिस्को राज्यकी २३ वर्षीया सौन्दर्य इन्फ्लुएन्सर भालेरिया मार्केजको पनि टिकटक लाइभ गरिरहेका बेला गोली हानी हत्या गरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्