लिग–२ मा नेपालको बिर्सनलायक प्रदर्शन: नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृंखलामा ‘क्लिन स्विप’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोली जितविहीन बनेको छ। घरेलु टोली नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलाका चारवटै खेलमा पराजित हुँदै नेपाल रित्तो हात फर्किएको हो।

बुधबार भएको शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भयो। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा मात्र १६८ रनमा समेटिएपछि शृंखलामा नेपालको चौथो हार पक्का भएको हो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३८ रन र कप्तान रोहित पौडेलले २६ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

- Advertisement -
Ad imageAd image

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपाल नामिबियासँग मात्र ३ रनको झिनो अन्तरले स्तब्ध बनेको थियो।

यो खराब प्रदर्शनसँगै ३१ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा खस्किएको छ। नेपाललाई पछि पार्दै नामिबिया पाँचौँ स्थानमा उक्लिएको छ। लगातारको हारले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल छनोटका लागि शीर्ष चारभित्र पर्ने नेपालको लक्ष्य लगभग समाप्त भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्