नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa
काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणीय सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर मात्र १५७ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन, गुल्सन झाले २९ रन र दिपेन्द्र सिंह ऐरीले २१ रन जोडे। नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले समान ३–३ विकेट लिए।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गर्‍यो। उसको जितमा कप्तान स्कट एड्वार्ड्सले अविजित ६१ रनको अर्धशतकीय पारी खेले भने नोआह कोरेजले अविजित ३४ रनको योगदान दिए।
नेपालका बलरहरूले डच ब्याटरहरूलाई दबाबमा राख्न नसक्दा नेपालले लिग-२ मा खराब सुरुवातलाई निरन्तरता दिन पुग्यो। यो हारसँगै नेपालले आगामी खेलहरूमा जित निकाल्नै पर्ने दबाब बढेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्