सांसदहरूलाई पुनः स्वकीय सचिवको सुविधा: सरकारले राजपत्रमा सूचना जारी गरेसँगै खुल्यो बाटो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ श्रावण २०८३, सोमबार
1 Min Read
Aa
?????? ?????? ????????, ?? ????? : ?????? ????? ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ??????? ?????????? ?????? ????????? ??????? ?????? : ??????? ?????/????

काठमाडौँ – सङ्घीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव (पीए) नियुक्त गर्न पाउने भएका छन्। सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गर्दै यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरेसँगै यसको कानुनी बाटो खुलेको हो।

यसअघि २०८२ असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा तत्कालीन सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गरी सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा पूर्ण रूपमा खारेज गरेको थियो।

- Advertisement -
Ad image

खर्च कटौतीको नाममा गरिएको उक्त निर्णयप्रति संसद्का पदाधिकारी तथा सदस्यहरूले लगातार असन्तुष्टि जनाउँदै आएका थिए। गत फागुन २१ गते निर्वाचित भएर आएका प्रतिनिधि सभा सदस्यहरूले समेत यो व्यवस्था व्यवहारिक नभएको भन्दै निर्णय सच्याउन निरन्तर दबाब दिँदै आएका थिए।

सांसदहरूको तीव्र माग र दबाबपछि वर्तमान सरकारले ऐनको दफा २५ ले दिएको अधिकार प्रयोग गरी अनुसूचीमा पुनः हेरफेर गरेको हो। राजपत्रमा सूचना प्रकाशित भइसकेकाले अब संसद्का सदस्यहरूले नियमानुसार आफ्नो स्वकीय सचिव राख्न पाउने निश्चित भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्